एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात, नेपाली संगीतमा नयाँ बिट र नयाँ भाइब

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली संगीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ।

अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक संगीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक सांगीतिक अनुभव पस्किने लक्ष्य राखेको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिटरी रेकर्ड्स र निर्माण एनएफटीपी (नर्थ फ्रन्ट डिस प्लानेट) ले गरिरहेका छन्। सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ।

पहिलो सिजनमा यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ कलाकार सहभागी हुनेछन्। प्रत्येक कलाकारले आफ्नो छुट्टै सांगीतिक शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

परम्परागत शैलीभन्दा फरक सांगीतिक प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको हो। यसले नेपाली संगीत क्षेत्रका प्रतिभालाई उजागर गर्नुका साथै स्थानीय संगीत संस्कृति प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सिरिजका गीत तथा म्युजिक भिडियो ‘Xtreme Music Series’ युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी