नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ४.१२ अंकले बढेर २ हजार ५९९ अंकमा कायम भएको छ । अघिल्लो कारोबार दिन पनि नेप्से ४ अंकले बढेको थियो ।

आज कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ ।

आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

समूहगत परिसूचकतर्फ जीवन बीमा समूह सबैभन्दा धेरै १.७७ प्रतिशतले बढेको छ । बैंकिङ समूह पनि ०.६९ प्रतिशतले बढ्दै पछिल्लो ६ महिनाकै उच्च विन्दुमा पुगेको छ ।

त्यस्तै, विकास बैंक समूह ०.०५ प्रतिशत, लगानी समूह ०.१३ प्रतिशत र निर्जीवन बीमा समूह ०.५३ प्रतिशतले बढेका छन् ।

यता, फाइनान्स समूह ०.३१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५८ प्रतिशत, जलविद्युत् समूह ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४० प्रतिशत, लघुवित्त समूह ०.०९ प्रतिशत, अन्य समूह ०.५२ प्रतिशत र व्यापार समूह ०.४० प्रतिशतले घटेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्