कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भएका छन्। १५ औँ महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट शाही सहमहामन्त्री पदमा विजयी भएका हुन्।

शाहीले ३ हजार ९०६ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६, राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत पाए। यद्यपि, निर्वाचन समितिले मतगणना सकिएको जानकारी गराएको भएपनि घोषणा गर्न बाँकी छ।

शाही १४औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवाको समूहबाट उठेको भएपनि पराजित भएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्