काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला केन्द्रीय सहमहामन्त्री पदमा प्रतिमा गौतम निर्वाचित भएकी छन् । गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै महिला सहमहामन्त्री पदमा विजय हासिल गरेकी हुन् ।
महिला सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमकी प्रतिस्पर्धी नानुमैयाँ बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, खुलातर्फका दुई केन्द्रीय सहमहामन्त्री पदमा अजयबाबु शिवाकोटी र रामहरि खतिवडा निर्वाचित भएका छन् ।
खुलातर्फ शिवाकोटीले २ हजार १७३ मत प्राप्त गरेका छन् भने खतिवडाले २ हजार ९१० मत प्राप्त गरेका छन् ।
खुलातर्फका अन्य उम्मेदवारमध्ये डिल्लीराम सुवेदीले १ हजार ८५२, देवेन्द्रराज कँडेलले १ हजार ३८१, राजीव ढुंगानाले १ हजार २३२, विकास कोइरालाले १ हजार १४४, अमृतकुमार अर्यालले ९२१, रमेशप्रसाद धमलाले ७८० र विमलराज क्षेत्रीले २८३ मत प्राप्त गरेका छन् ।




