‘मिस एसिया ग्लोबल–२०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै समिक्षा गुरुङ, ताज जित्ने लक्ष्यसहित मलेसिया प्रस्थान (तस्विरहरु)

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । मलेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस एसिया ग्लोबल–२०२६’ मा समिक्षा गुरुङले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्।

नेपालमा स्नोज सञ्चारले आयोजना गरेको पेजेन्टमा ताज जितेकी गुरुङ अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान र संस्कृति प्रस्तुत गर्ने लक्ष्यसहित मलेसिया प्रस्थान गरेकी हुन्।

गुरुङ बिहीबार राति मलेसियाका लागि प्रस्थान गरेकी हुन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै खुसी रहेको बताउँदै नेपालका लागि ताज जितेर ल्याउने आत्मविश्वासका साथ प्रतियोगितामा सहभागी हुन लागेको बताइन्।

मलेसियाको पेनाङमा अक्टोबर १६ देखि सुरु हुने ‘मिस एसिया ग्लोबल–२०२६’ को फिनाले अक्टोबर २४ मा हुनेछ। प्रतियोगितामा करिब ५० देशका प्रतिस्पर्धी सहभागी हुने आयोजकले जनाएको छ।

स्नोज सञ्चारका नेशनल डाइरेक्टर सम्भव राउत क्षेत्रीका अनुसार प्रतियोगितामा नेपालको प्रतिनिधित्वसँगै चितवनको मौलिक थारू संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तयारी गरिएको छ। यसले नेपाली कला, संस्कृति र पहिचानलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कम उमेरमै विभिन्न पेजेन्ट आयोजना गरेर ‘योङ्गेस्ट अर्गनाइजर’ को छवि बनाएका क्षेत्रीले करिब ५० देशका प्रतिस्पर्धी सहभागी हुने अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभालाई सहभागी गराउन पाउनु गौरवको विषय भएको बताए।

उनले प्रतियोगितामा नेपालको सहभागिता मात्र नभई ताज नै नेपाल भित्र्याउने लक्ष्यसहित तयारी गरिएको उल्लेख गरे। गुरुङको आत्मविश्वास, प्रतिभा र नेपाली संस्कृतिको प्रस्तुतिले अन्तर्राष्ट्रिय मञ्चमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी