नगरपालिकामा रास्वपाको उम्मेदवार हुन इच्छुकलाई आवेदन खुला

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

३० असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरपालिकामा जनप्रतिनिधि हुन इच्छुक उम्मेदवारका लागि आवेदन खुला गरेको छ ।

रास्वपाबाट नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार हुन आकांक्षीका लागि आवेदन खुला गरिएको हो ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै रास्वपाले भनेको छ, ‘नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेका छौँ । यदि तपाईँ यसपटकको स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक हुनुहुन्छ भने आवेदन दिनुहोला ।’

आवेदन पार्टीको मोबाइल एप मार्फत दिन सकिने व्यवस्था गरिएको छ ।

रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका क्यान्डिडेट क्लबमा आवेदन खुला गरेको थियो ।

रास्वपाबाट उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा आवेदन दिएपछि मात्रै छनोट हुने प्रक्रिया सुरु हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी