बाँके प्रहरी प्रमुख अंगुर जीसीले पाए पूर्णशान्ति पुरस्कार

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । ७१ औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख एसपी अंगुर जीसीले पूर्णशान्ति पुरस्कार पाएका छन् ।

७१ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित अमर प्रहरी परिवारप्रति श्रद्धाञ्जली कार्यक्रमपछि एसपी जीसीले उक्त पुरस्कार पाएका हुन् । गृहमन्त्री सुधन गुरुङले सो पुरस्कार वितरण गरेका हुन् ।

उनले विभिन्न जटिल घटनाको अनुसन्धान, भन्सार सुरक्षाका क्रममा उदाहरणीय राजस्व संकलन गरेका थिए । सोही योगदानको कदर गर्दै एसपी जीसी पुरस्कृत भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी