रास्वपाको टोलीले जनआस्थाबाट लग्यो खगेन्द्रको ‘विप’ नलागेको

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारको स्क्यान्डलमा छानबिन तीव्र बनाएको छ ।

यसक्रममा रास्वपाको अनुसन्धान आयोगको टोलीले जनआस्था साप्ताहिकको कार्यालयबाट सुनारको विवादित अडि‌ओको सक्कल आज लिएर गयो ।

जनआस्थाले पहिलोपटक सुनार र एक महिलाबीचको फोन सम्वादको अडि‌ओ सार्वजनिक गरेको थियो । उक्त अडि‌ओमा महिलालाई सुनारले अश्लील गालीगलौज गर्नुका साथै मार्ने धम्कीसमेत दिएका छन् । सुनारले उक्त अडि‌ओ एआई वा क्यारिकेचर गरेर बनाइएको हुनसक्ने बताएका थिए ।

रास्वपाले यस विषयमा छानबिन गर्न पार्टीकै अनुशासन आयोगलाई जिम्मेवारी दिएको छ । अडि‌ओ आयोगका पदाधिकारीहरू आज जनआस्था कार्यालयमै गएर अडि‌ओ मागेका हुन् । आयोगका प्रमुख लेखनाथ पौडेलसहित तीनजना कार्यालयमा आएको जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठले नेपाल प्रेसलाई बताएका छन् ।

‘हामीले आफूसँग रहेका सबै प्रमाणहरू उहाँहरूलाई सुम्पिएका छौँ । उहाँहरूले निष्पक्ष छानबिन हुने प्रतिवद्धता जनाउनुभएको छ’ उनले भने ।

छलफलका क्रममा रास्वपाका पदाधिकारीहरूले अडि‌ओ सुनारकै हो भन्ने विषयमा आफूहरू व्यक्तिगतरूपमा आश्वस्त रहेको बताएका थिए । यद्यपि कारबाहीका लागि प्रक्रियागतरुपमा जानुपर्ने भएकाले छानविन आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

जनआस्थाले सुनारको ८० पेजको बैंक स्टेटमेन्ट पनि रास्वपा टोलीलाई उपलब्ध गराएको छ । प्रधानसम्पादक श्रेष्ठका अनुसार सुनारका ८ वटा बैंकमा खाता भेटिएका छन् र ती खातामा भएका कारोबार शंकास्पद छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी