दशैं बिदामा प्रधानन्यायाधीश जिल्ला भ्रमणमा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा पर्सा, बारा र रौतहट जिल्ला भ्रमणमा पुगेका छन् । उनी आज बिहान वीरगञ्जको गण्डकस्थित होटल क्लार्कस रिसोर्टबाट बारा गएका हुन् ।

बाराको सदरमुकाम कलैयास्थित जिल्ला अदालत पुगेर जिल्ला न्यायाधीश तथा रजिस्ट्रारसँग आन्तरिक भेटघाटपछि महागढीमाई मन्दिरको दर्शन गरेका हुन् ।

त्यहाँबाट रौतहटको सदरमुकाम गौरस्थित जिल्ला अदालत पुगेर जिल्ला न्यायाधीश तथा रजिस्ट्रारसँग आन्तरिक भेटघाट तथा जिल्ला अदालतको निरीक्षण भ्रमण गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्