जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक जारी

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ ।

सिंहदरबारमा केहीबेरअघिदेखि बैठक जारी रहेको छ । प्रस्तावित राजदूत थापा पनि दिउँसो सवा दुई बजेतिर सिंहदरबार प्रवेश गरेका छन् ।

यसअघि उनको संसदीय सुनुवाइ सम्पन्न भए पनि समितिले निर्णय स्थगित गरेको थियो ।

प्रस्तावित राजदूतलाई पुनः किन बोलाइएको भन्ने प्रश्नमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सांसदले उनलाई राजदूतको नाम फिर्ता लिन आग्रह गर्नका लागि बोलाइएको हुन सक्ने बताएका छन् ।

समितिको बैठकबाट थापाको नियुक्तिसम्बन्धी विषयमा के निर्णय हुन्छ भन्ने चासो बढेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी