सोलुखुम्बुमा अवतरण गर्ने क्रममा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।
दुर्घटनामा भारतीय नागरिक वसन्तकुमार बलरा माडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
त्यस्तै, दुर्घटनामा शैलेश किसान पट्टेल र फिस्टेल एयरका पाइलट घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।




