काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको लक्ष्मीपूजाका दिन आज साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ। लक्ष्मीपूजाका दिन वर्षभरिमै सबैभन्दा बढी विद्युत् खपत हुने भएकाले मागअनुसार आपूर्ति व्यवस्थापन गर्न प्राधिकरणले विशेष तयारी गरेको जनाएको छ।
प्राधिकरणका अनुसार यसपटक विद्युत्को मागभन्दा आन्तरिक उत्पादन बढी हुने प्रक्षेपण गरिएको छ। लक्ष्मीपूजाको समयमा प्रणालीमा करिब २ हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आन्तरिक उत्पादनबाटै विद्युत्को माग सहज रूपमा धान्न सकिने स्पष्ट पारेका छन्।
विद्युत् आपूर्तिलाई भरपर्दो र निरन्तर बनाउन प्राधिकरणले २४ सै घण्टा प्राविधिक टोली परिचालन गरेको छ। उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा समस्या आउन नदिन प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ भने आवश्यक परे तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्ने व्यवस्था मिलाइएको छ।
त्यस्तै, सम्भावित चुनौती व्यवस्थापनका लागि वरिष्ठ व्यवस्थापन टोली, प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा प्रादेशिक कार्यालयहरूबीच समन्वय र अनुगमनलाई तीव्रता दिइएको छ। आज साँझ ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र कार्यकारी निर्देशक श्रेष्ठ स्वयं केन्द्रीय कमान्ड सेन्टरमा बसेर विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिने तयारीसमेत गरिएको छ।
प्राधिकरणले प्रसारण लाइन तथा वितरण प्रणालीको निरी




