२२ कात्तिक, काठमाडौं । गत शुक्रबार तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको सुनको भाउ आज स्थिर छ।
चाँदीको मूल्य पनि आज बढेको छैन। सुनको भाउ आज तोलाको २ लाख ८३ हजार रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार सुनको भाउ तोलामा ५ हजार ९ सय रुपैयाँ बढेर २ लाख ८३ हजार पुगेको थियो।
गत बिहीबार सुनको भाउ तोलामा १३ हजार ३ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ९ सय पुगेको थियो।
गत बुधबार सुनको भाउ तोलामा ६ सय, मंगलबार ७ सय र सोमबार तोलामा २ हजार ३ सय रुपैयाँ बढेको थियो। अघिल्लो साताको आइतबार भने सुनको भाउ तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको थियो। त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो।
यही कात्तिक ८ गते भने सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो। सुनचाँदीको भाउमा विगत केही समययता निरन्तर उतारचढाव हुँदै आएको छ।
त्यसैगरी आज चाँदीको भाउ पनि स्थिर छ। चाँदीको भाउ ३ हजार ८ सय १० रुपैयाँमै स्थिर रहेको हो।
गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।




