काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरेका छन् ।
धनधान्यकी देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको पूजा गर्दै राष्ट्रपति पौडेलले गाईलाई खानेकुरासमेत खुवाएका हुन् ।
तिहार पर्वअन्तर्गत गाई तिहारका दिन गाईलाई लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने, मिठा परिकार तथा खानेकुरा खुवाउने र सम्मान व्यक्त गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ । गाईको पूजाले घरपरिवारमा सुख, शान्ति, समृद्धि र सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।




