एनपीएलमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै, प्लेअफ दौड बलियो बनाउने लक्ष्य

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

आजको खेल अपराह्न ५ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिमले तीन खेलमा जित र दुई खेलमा हार बेहोर्दै ६ अङ्क जोडेको छ। टोली हाल अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ।

प्लेअफमा आफ्नो स्थान बलियो बनाउने लक्ष्यसहित मैदान उत्रन लागेको सुदूरपश्चिम आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो लय कायम राख्न चाहन्छ।

यता, जनकपुर बोल्ट्स पनि जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने योजनामा रहेको छ। पाँच खेल खेलेको जनकपुरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ। चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरका लागि आजको खेल प्लेअफ सम्भावना कायम राख्न महत्त्वपूर्ण हुनेछ।

यस संस्करणको एनपीएलमा आठ टोली सहभागी छन्। प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्