राष्ट्रिय भेलाको तयारीका लागि एमालेले बोलायो स्थायी कमिटी बैठक

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय भेलाको तयारीका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठक मंसिर १ गते मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

मंसिर २ र ३ गते काठमाडौँमा आयोजना हुने राष्ट्रिय भेलाको आवश्यक तयारीबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

एमालेका अनुसार राष्ट्रिय भेलालगत्तै मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको भेला आयोजना हुनेछ भने मंसिर ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम तय भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्