रास्वपा नेतृद्वारा पार्टी परित्याग

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

३० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ नर्पता गिरीले पार्टी परित्याग गरेकी छन् ।

सुदूरपश्चिममा प्रभावशाली मानिएकी उनले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै साधारण सदस्य समेत नरहनेगरी पार्टी छाडेकी हुन् ।

कञ्चनपुर घर भएकी गिरीले जीवनमा पहिलोपटक रास्वपामा आवद्ध भएर राजनीति गरेको, तर माथिल्लो तहका नेताहरुले जनतालाई भ्रममा राख्ने काम मात्रै गरिरहेको आरोप लगाएकी छन् । ‘जनताले परिवर्तन चाहेका छन्, जनताले मलाई पनि सोधिरहेका हुन्छन् के हुँदैछ भनेर, तर नेतृत्वले त्यो भरोसाको सम्मान गर्न सकेन’, उनले भनेकी छन्, ‘त्यसैले मैले पार्टी छोडेकी हुँ, अबदेखि म स्वतन्त्र छु, स्वतन्त्र रहेर आफ्नो सामर्थ्य अनुसार योगदान दिइरहनेछु ।’

पार्टीको नेतृत्वपंक्ति गलत बाटोमा हिँडिरहेको गिरीको अनुभव छ । महाधिवेशन प्रतिनिधि समेत रहेकी उनले थपेकी छन्, ‘नेतृत्वमा जे भइरहेको छ, मलाई त्यो ठिक लागेन, त्यसैले पार्टी त्याग गरे ।’

गिरीले आगामी स्थानीय र प्रदेशको चुनावमा आफूले राम्रो अवसर पाउने भएता पनि जनतालाई भ्रममा राख्न नचाहेको पनि बताएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्