काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव ०५ अंकले घटेको छ।
बुधबारको गिरावटसँगै नेप्से परिसूचक २ हजार ६२५ दशमलव ०५ विन्दुमा झरेको छ। बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा समग्र परिसूचक दबाबमा परेको हो।
बुधबार कारोबार भएका कम्पनीमध्ये १९९ वटाको सेयर मूल्य घटेको छ भने ७० वटाको बढेको छ। १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
यस दिन सेयर बजारमा ४ अर्ब १५ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर किनबेच भएका छन्।
दिनभर ४१ हजार ६२७ वटा कारोबार भएका छन्। बुधबार ३४७ कम्पनीका धितोपत्र कारोबारमा सहभागी भएका थिए।
समूहगत रूपमा ट्रेडिङ समूह सबैभन्दा बढी २ दशमलव ४९ प्रतिशतले घटेको छ। बैंकिङ र म्युचुअल फन्ड समूहमा भने सामान्य सुधार देखिएको छ।
बुधबार सानिमा लार्ज क्याप फन्डको मूल्य ३ दशमलव २६ प्रतिशतले बढ्दा एभरेष्ट कलर लिमिटेडको मूल्य सबैभन्दा बढी ६ दशमलव ८३ प्रतिशतले घटेको छ।




