भीमफेदी जिप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते; मृतक र घाइतेको पहिचान खुल्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे नजिकै त्रिभुवन राजपथमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका तीन जना र घाइते सात जनाको पहिचान खुलेको छ।

मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा, चन्द्रनिगाहपुर नगरपालिका–४ की २२ वर्षीया अस्मिता तिमल्सिना र सोही ठाउँकी २५ वर्षीया अनुसा लामाको मृत्यु भएको छ।

दुर्घटनामा चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन्। घाइते लोप्चन जिप चालकसमेत रहेको प्रहरीले जनाएको छ।

बिहान करिब ८ बजेर ५५ मिनेटमा हेटौँडाबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको थियो।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी