प्रधानमन्त्री बालेनको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको भारत भ्रमण स्वीकृत गरेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

भ्रमणका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, आर्थिक सहकार्य तथा विभिन्न द्विपक्षीय विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी