स्थानीय तह निर्वाचनको तयारीबारे निर्वाचन आयोगमा शीर्ष नेताहरूबीच छलफल, एमाले अध्यक्ष ओली बैठकबाट बाहिरिए

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल जारी रहेको छ ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरू सहभागी छन् ।

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने बैठकबाट बाहिरिएका छन् । उनको स्थानमा एमालेका तर्फबाट नेता देवेन्द्र दाहाल छलफलमा सहभागी भएका छन् ।

बैठकमा सहभागी नभई बाहिरिएका ओलीले आफू बैठकमा उपस्थित भएको जानकारी दिनका लागि आएको बताएका छन् । सबै दलका शीर्ष नेतृत्व सहभागी हुँदा आफू किन नबसेको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले एमालेमा पनि सोही तहका नेता रहेको र उनी बैठकमा सहभागी भएको जवाफ दिएका छन् ।

‘आउँदै आएन भन्ने नपरोस् भनेर आएको हुँ,’ ओलीले सञ्चारकर्मीसँग भनेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी