यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : कतारमा जारी राइजिङ स्टार्स एसिया कपको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएका हुन्।

नेपालले पहिलो खेलमा भारतसँग २६ रनमै अलआउट हुँदै हार बेहोरेको थियो। यूएई पनि पहिलो खेलमा पाकिस्तान शाहीन्ससँग पराजित भएको थियो।
आजको खेल नेपालको १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल हो। नेपालले यूएईसँग अहिलेसम्म २० ओडीआई खेलेको छ। जसमा १२ खेल जितेको छ भने आठ खेलमा पराजित भएको छ।

नेपालले पछिल्लोपटक एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै उपाधि जितेको थियो। उक्त जितसँगै नेपालले एसिया कपमा स्थान बनाएको थियो।

हालसम्मका ९९ ओडीआईमा नेपालले ४९ जित, ४७ हार, एक बराबरी र दुई खेलमा नतिजाविहीन भएको छ। आज यूएईलाई हराए नेपालले १००औँ खेलमा ५०औँ जित पूरा गर्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्