हिमाली क्षेत्रमा आंशिक बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहे पनि देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार सोमबार दिउँसो र राति कोशी, बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। यस्तै, कोशी प्रदेशका पहाडी भू–भागमा समेत आंशिक बादल लाग्ने सम्भावना रहेको छ।

देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यसैबीच, कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी