सेयर बजार दाेहाेराे अंकले घट्याे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, १६ साउन । सेयर बजारको वृद्धि फेरि टिक्न सकेन ।

मंगलबार नेप्से सूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा आएको छ । १ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यो औसतभन्दा कम कारोबार रकम हो ।

मौद्रिक नीतिपछि लगातार घटेको बजार सोमबार सम्हालिएको थियो । तर, यो वृद्धिले मंगलबार निरन्तरता पाउन सकेन । बजार पुनः २१ सय विन्दुमुनि आएको छ । आम लगानीकर्ताका लागि मनोवैज्ञानिकरुपमा ठूलो प्रभाव पार्ने यस्तो विन्दुभन्दा नेप्से तल आएपछि मंगलबार झन् ठूलो अंकले बजार घटेको छ ।

यस दिन २६२ कम्पनीको ६० लाख १५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड ७४ लाख रुपैयाँसहित कारोबार रकममा अपर तामाकोशी हाइड्रोपावर परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटेल परेका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी