काठमाण्डौ – नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको आरोपमा काभ्रे प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक र काठमाण्डौका विभिन्न ठाउँमा शृङ्खलाबद्ध लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा संगीता तामाङ, वीरध्वज तामाङ, नवराज घिमिरे विक र प्रवीण सुनुवार छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरूले विशेषगरी वृद्धवृद्धा तथा महिलालाई निशाना बनाउने गरेका थिए ।
उनीहरूले खानेकुरामा नशालु पदार्थ मिसाएर खुवाउने र बेहोस भएपछि पीडितसँग भएका सुनका गरगहना, नगद तथा मोबाइल लुटेर लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
लुटिएको सुन पगालेर स्वरूप परिवर्तन गरिएको अवस्थामा नवराज घिमिरेलाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जनालाई जिल्ला सरकारी वकिल कार्यालय काभ्रेमा पेस गरेको प्रहरीले जनाएको छ ।




