भारतबाट पेट्राेलियम पदार्थकाे मूल्य बढेर आयाे, खाना पकाउने ग्यासको भाउ भने घटेर आयो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, १६ साउन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

भारतीय आयल कर्पोरेशन (आईओसी) ले बढेको मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ ।

यस पटक पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेर आएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र हवाई इन्धनमा आठ रुपैयाँ तथा डिजल र मट्टीतेलमा सात/सात रुपैयाँका दरले भाउ बढेर आएको छ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर एक सय रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

सरकारले यसै महिनादेखि पेट्रोलियम पदार्थको भाउमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार भारतबाट भाउ घटबढ भएर आउनेबित्तिकै नेपालमा पनि घटबढ हुन्छ । अब पेट्रोल, डिजल,मट्टीतेल र हवाई इन्धनको भाउ बढ्ने र खाना पकाउने ग्यासको भाउ घट्ने अनुमान छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी