जरिवाना तिरेपछि जेलमुक्त, साउदीबाट स्वदेश फर्के गुरुङ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

दोहा – साउदी अरबको जेलमा रहेका एक नेपाली स्वदेश फर्किएका छन्।

कोशी प्रदेशको ताप्लेजुङ घर भई २०१८ मा रोजगारीको सिलसिलामा साउदी पुगेका डिल्ली कुमार गुरूङ सोमबार नेपाल फर्किएका हुन्।

झापाली समाज साउदीको पहलमा उनलाई नेपाली दूतावास रियादले एक्जिट (बहिर्गमन) भिसा दिएको थियो।

ड्राइभर पेसामा साउदी पुगेका गुरुङले पहिलो ३ महिना पूर्वसम्झौताअनुसारको कम्पनीमा काम गरेर भागेका थिए।

अर्को कम्पनीमा उही काम गरिरहेका उनी गत अक्टोबरमा गाडी चलाउने क्रममा दुर्घटनामा परेका थिए।

दुर्घटनाको पीडित पक्षले क्षतिपूर्ति स्वरूप ५० देखि ६० हजार साउदी रियल दाबी गरेको थियो।

दुर्घटनाका कारण जेल परेका उनलाई पीडित पक्षले केही रकम छुट दिएपछि उनी २० हजार रियल तिरेर रिहा भएका थिए।

दुर्घटनापछि जेल परे पछि गुरुङ प्रवासीहरुको झापाली समाजका सचिव रविन गिरीको सम्पर्कमा पुगेका थिए।

आफन्त र अलमराई नेपाली टिम अल खर्जमा कार्यरत नेपालीबाट सहयोग उठेको रकम उनले क्षतिपूर्ति तिरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्