दक्षिण एसियाली योग च्याम्पियन शिपको उपाधि भारतलाई

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । तेस्रो दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनशिपको उपाधि भारतले जितेको छ ।

भारतले ६ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो । काठमाडौंको तिलगङ्गास्थित नेपाल-भारतमैत्री धर्मशालामा आज सम्पन्न उक्त प्रतियोगितामा समान ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक जित्दै नेपालले दोस्रो स्थान हासिल गर्‍यो ।

त्यस्तै, १ स्वर्ण, ३ रजत जित्दै बङ्गलादेशले तेस्रो स्थान हासिल गरेको छ । त्यसैगरी, दोस्रो माउन्ट एभरेष्ट योग महोत्सव प्रतियोगितामा पनि भारतले ११ स्वर्ण, ५ रजत र ५ कास्य जित्दै प्रथम स्थान हासिल गरेको छ । १ स्वर्ण, २ रजत र २ कास्य जित्दै साउदी अरब दोस्रो तथा ४ कास्य र ५ रजत जित्दै आयोजक नेपालले तेस्रो स्थान हासिल गर्यो ।

यही जेठ २५ गतेदेखि आयोजना भएको उक्त प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, साउदी अरबलगायत राष्ट्रको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी