स्वस्तिमाको तस्वीरमा सांसददेखि निर्मातासम्मका कमेन्ट

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ – अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् ।

फेसबुकमा ‘किपिङ अप विद एन आर्टिफिसिअल इन्टेलिजेन्स’ लेखेर सार्वजनिक गरिएको फोटोमा उनका सहकर्मी र फ्यानहरुदेखि सांसदसम्मले प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले उनको तस्विरलाई ‘हलिउड छ त’ भनेर प्रतिक्रिया दिएका छन्। जवाफमा खड्काले ‘यो कुरा सदनमा उठाउनु पर्‍यो ।’ भन्दै ठट्टा गरेकी छन्। सो फोटोमा अभिनेता बिपिन कार्कीले भने ‘आम्मामा….’ लेखेर आश्चर्यभाव प्रकट गरेका छन्। अभिनेत्री दिपाश्री निरौलाले ‘भेरी इम्प्रेसिभ ल’ लेखेकी छन्।

फिल्म निर्मात्री तथा निर्देशक कृषा चौलागाईले ‘ओमजी भूकम्प आएको भन्दा कडा आयो ।’ कमेन्ट गरेकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्