प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ सुरु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौ,  ३२ जेष्ठ ।  संसदीय सुनुवाई समितिमा हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउने सिफारिसमाथि छलफल सुरु भएको छ ।

प्रधानन्यायाधीश बिहान ८ बजे नै समितिको वैठकमा उपस्थित हुनु भएको हो । समितिका सदस्यहरु समक्ष कार्कीले आफ्ना योजनाहरु प्रस्तुत गर्नुभएको छ । समितिका सदस्यहरुले उहाँविरुद्ध परेका उजुरीहरुका सम्बन्धमा प्रश्न गर्ने क्रम चलिरहेको छ ।

समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । समितिले बुधबार उजुरीकर्ताहरुसँग छलफलको औपचारिकता पूरा गरेपछि कार्कीलाई बिहीबार समितिमा बोलाएको हो । कार्कीसँगको सुनुवाइ सकिएपछि समितिले बिहीबार नै सिफारिस अनुमोदन गर्नसक्ने बुझिएको छ ।

त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्नु हुने छ । आगामी साउन १९ देखि अनिवार्य अवकाशमा जाने कार्की असार १९ देखि बिदा बस्दा उहाँ एक महिना पनि प्रधानन्यायाधीश हुन नपाउने हुनुभएको छ ।

राजनीतिक दलहरुको खिचातानी र न्यायालयभित्रै फाहोरी खेलका कारण १५ महिनादेखि प्रधानन्यायाधीशको पद खाली रहँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्