महानगरले चक्रपथ क्षेत्रमा अव्यवस्थित रुपमा रहेका टिकट काउन्टर हटायाे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १ असार । काठमाडौ उपत्यकाबाट बिभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गरिएपछि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा रहेका टिकट काउन्टर काठमाडौं महानगरले हटाएको छ ।

काठमाडौं महानगरको नगर प्रहरीले कोटेश्वर, गौशाला, चावाहील, बल्खु लगाएका स्थानमा पुगेर अव्यवस्थितरुपमा रहेका टिकट काउन्टर हटाएको हो । सो क्रममा महानगर प्रहरीले टिकट बिक्रिका लागि लागिएका बोर्ड व्यानगर हटार जफत गरेको छ ।

महानगरपालिकाले उपत्यकाको सार्वजनिक गाडीलाई व्यवस्थित बनाउनका सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका गाडी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

त्यही निर्णयको कार्यान्वयन गर्दै शुक्रबारदेखि जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् । उपत्यका बाहिरिने साना सार्वजनिक सवारीसाधनलाई नया बसपार्क पछाडी पाकिङ र टिकट काउन्टरको व्यवस्था गरिएको महानगरले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी