काठमाडौं,१ असार । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएकाे छ ।
उहाले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । त्यस पछि राष्ट्रपति पौडेलले उहालाई प्रधानन्यायाधीश नियुक्त गर्नुभएकाे हाे ।
आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैहुनुहुन्छ ।