७० वर्षको उमेरहद उपयोगी भएन, त्यसैले हटायाैँ : केपी ओली

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ७० वर्षको उमेरहद उपयुक्त नभएको र यसका कारण प्रगति गर्न पनि अप्ठेरो भएको बताउनुभएको छ ।

आज  ललितपुरमा अखिल नेपाल महिला संघ बागमती प्रदेश प्रथम सम्मेलन उद्घाटन गर्दै ओलीले संसारमा कहि नभएको ७० बर्षे प्रावधानले पार्टीलाई नै अघि बढाउन समस्या भएको र उपयुक्त नभएकाले हटाउने निर्णय गर्नुपरेको बताउनुभएको हो ।

उहाले ७० वर्षको उमेरहदका बिषयमा असन्तुष्टि जनाउनु राजनीतिक कुरा नभएको भन्दै पार्टी नेतृत्वमा आउन मन लागे आगामी महाधिवशेनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगाएतका पदमा चूनाव लड्न पार्टी नेताहरुलाइ सुझाव दिनुभयो ।

ओलीले ७० वर्षको उमेरहदका कारण धेरै नेताहरु हच्चिएको र राजनीति नै छोडनुपर्ने स्थिति देखा परेको जिकिर गर्नुभयो । एमालेलाई एकतावद्ध गर्न र एमालेमा प्रवेश गर्न चाहनेहरुलाई बाटो खुल्ला गर्न पनि उमेरहदलाई हटाउनै पर्ने देखिएको उहाको भनाइ छ ।

ओलीले अनावश्यक बिषयमा नअल्झन पार्टीका नेताहरुलाई आग्रह गर्दै देश बनाउने काममा एमालेलाई बलियो बनाउनका लागि एकजुट हुन सुझाव दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी