झापा कारागारमा एक कैदीबन्दीकाे मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

भद्रपुर, ४ असार  । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ निवासी २८ वर्षीय  देवेन्द्र थापा रहेको झापा कारागार भद्रपुरले जनाएको छ ।

आइतवार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिएका छ्न् ।

१६ असार २०७८ देखि  लागुऔषध मुद्दामा कारागारमा जेल जीवन विताइरहेका थापाको कैद समयावधि ५ वर्ष रहेको कारागार प्रमुख पनेरूले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी