काठमाण्डौ महानगरले ३९ वटा विद्यालयलाई १ लाख रुपैयाँका दरले जरिबाना तोक्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ५ असार । छात्रवृत्ति विवरण नबुझाउने ३९ वटा विद्यालयलाई काठमाण्डौ महानगरपालिकाले १ लाख रुपैयाँका दरले जरिबाना तोकेको छ ।

काठमाण्डाै महानगर क्षेत्रभित्र भएका ५ सय ४ निजी विद्यालयमध्ये ४ सय ६५  वटाले छात्रवृत्ति विवरण बुझाएका र बाँकी ३९ वटाले नबुझाएका महानगरले जनाएको छ । उनीहरुबाट महानगरले एक लाख रुपैयाँका दरले जरिबाना लिने मेयर बालेन्द्र साहले बताउनुभयो ।

जरिबाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने र त्यसपश्चात् पनि विवरण नबुझाएमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उहाँले बताउनुभयो ।

महानगरको इतिहासमा यो पहिलो पटक हो ।  त्यसबाट लक्षित वर्गका १३ हजार जनाभन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी