पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय बिमान अवतरण हुदैँ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

पोखरा, ५ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज बुधबार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ । जहाँ १ सय ३० जना यात्रु रहने छन् ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेतलाई लिएर आउने सो बिमानमा चिनियाँ खेलाडीहरु साथमा नै आउने छन् ।

दक्षिण एसिया मा नै  पहिलोपटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिबलमा सहभागी हुनका लागि ती खेलाडीहरु नेपाल आउन लागेका हुन । सो फेस्टिबल यही असार ८ र ९ गते पोखरामा हुदैँछ ।

न्युज कारखाना 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्