सुनको मूल्यमा प्रतितोला २ हजार ७ सयले वृद्धि, चाँदी पनि महँगियो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला २ हजार ९८० रुपैयाँ रहेको चाँदी आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सुन–चाँदीका मूल्यमा आएको वृद्धि पछाडि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र विनिमय दरको उतारचढाव मुख्य कारण रहेको महासंघले बताएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी