आज सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौ, १६ कात्तिक । आइतबार सुनको भाउ बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको तीन हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको तीन हजार ६० रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्