काठमाण्डौं, कात्तिक । सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ ।
आज तोलामा एक हजार चार सय रुपैयाँले घटेर तोलाको दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँ घटेर तोलाको तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।





