काठमाण्डौं, ७ पौष । सुनको भाउ तोलामा तीन हजार चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा तीन हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको २ लाख ५८ हजार तीन सय रुपैयाँ थियो ।
यस्तै, चाँदीपनि आज एकैदिन एक सय ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको छ । तोलाको चार हजार दुई सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।





