अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, ९ पौष । अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा आयोजना हुने भएको छ । चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले पत्रकार सम्मेलन गर्दै डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ पुस २५ देखि २९ गते सम्म अन्तराष्ट्रिय डेरी एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो । दुग्ध उत्पादन सहकारी संघ, चितवनका अध्यक्ष किशोर बगालले दुग्धजन्य उत्पादनको व्यवसायीकतामा लागेका किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो आयोजना गरिएको बताए । उत्पादनको हिसाबले आत्मनिर्भर हुँदै गरेको दूधवाट विभिन्न औधोगिक उत्पादन गर्ने प्रयोजनका लागि किसानहरुलाई मेशिन उपकरणको अवलोकनको अवसर प्रदान गर्न पनि एक्स्पो उपयोगि हुने जानकारी दिए ।

त्यस्तै चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले अन्तराष्ट्रिय डेरी एक्स्पोले दुग्ध किसानहरूलाई नयाँ प्रबिधि र व्यवसायीक दुग्ध किसान बन्नका लागि सहयोग पुग्ने बताए ।

५ दिनसम्म सञ्चालन हुने एक्स्पोमा नेपाल, भारत लगाएतका दुग्ध उधोगसंग सम्बन्धित प्रबिधि उपकरणका साथै दुग्धजन्य उत्पादनहरू पशु औषधि भेटिनरी पशु आहार बित्तिय सस्थाहरू समेतको १ सय भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्