मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई जना घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : कालीगण्डकी करिडोरअन्तर्गत पिपलडाँडा–गैडाकोट सडकखण्डमा पर्ने पाल्पाको रामपुर नगरपालिका–६, कालीआँपमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार रामपुर नगरपालिका–७, मझुवाका ६४ वर्षीय श्यामबहादुर सेन ठकुरीलाई लु ७८ प २८०७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। गम्भीर घाइते ठकुरीको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक रामपुर–६, तिलकपुरका २३ वर्षीय हिमाल राना र पछाडि सवार २१ वर्षीय मेगबहादुर खन्गाहा घाइते भएका छन्। चालकलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन पठाइएको छ।

दुर्घटनापछि स्थानीयले कालीगण्डकी करिडोरमा प्रहरी बिट राख्न माग गर्दै केही समय सडक अवरुद्ध गरेका थिए, जसका कारण सवारी आवागमन प्रभावित भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी