असावधानीका कारण देशभर आगलागी बढ्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला दुई दिनमा देशभर भएका १९ विपद् घटनामध्ये १५ वटा आगलागीका थिए। यी घटनामा ४८ जना घाइते भए भने १ जनाको मृत्यु भएको छ।

आगलागीका कारण झन्डै १० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

सुनसरी, सिरहा, सर्लाही, रौतहट, बारा, कैलाली, कञ्चनपुर, अछाम र डडेल्धुराका विभिन्न क्षेत्रमा आगलागी भएको छ भने सोलुखुम्बु, ओखलढुङ्गा, म्याग्दी, रुकुम पूर्व र कालीकोटमा वन क्षेत्रमा डढेलो लागेको छ।

विद्युत् सर्ट, परालको कुन्यूमा असावधानी, र गोठमा सावधानी नअपनाउनु मुख्य कारण बनेका छन्।

प्राधिकरणले आगो बाल्दा पूर्ण सावधानी अपनाउन, प्रयोगपछि आगो निभाउन र ज्वलनशील वस्तु जथाभावी नराख्न सबैमा आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी