काठमाण्डौं, २८ माघ । बर्दियाको सदरमुकाम गुलरियाबाट तीन बालिकालाई भारत लैजाँदै गरेका ६ भारतीय पक्राउ परेका छन् ।
गुलरियामा रहेको टागा स्टेशनबाट प्रहरीले शंका लागेपछि समूहलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बालिकालाई भारत लैजान खोजिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार मानवतस्करीको आशंकामा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ भने उद्धार गरिएका तीनै बालिकालाई सुरक्षित स्थानमा राखी आवश्यक परामर्श तथा संरक्षणको व्यवस्था गरिएको छ।
सीमा क्षेत्रमा भारतबाट आउने मानव तस्करका गिरोह सक्रिय रहेको संकेत देखिएकाले उच्च सतर्कता अपनाउन सरोकारवालालाई प्रहरीले आग्रह गरेको छ ।





