काठमाण्डौं, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउने भएका छन् ।
उनी मध्यान्ह १२ बजे झापाबाट हेलिकप्टरमा काठमाडौँतर्फ प्रस्थान गर्नेछन् । करिब १ घण्टा १० मिनेटमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
शुक्रबार राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतमा मानिस भेला गर्ने तयारी गरिरहेका छन् । प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।





