सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, ३ फागुन । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन २ हजार ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्