आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । आज फेब्रुअरी २१ विश्वभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। भाषिक तथा सांस्कृतिक विविधताको सम्मान, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस प्रत्येक वर्ष मनाउने गरिन्छ।

बहुभाषिक मुलुक नेपालमा २०७८ को जनगणनाअनुसार १२४ भन्दा बढी मातृभाषा प्रचलनमा छन्। भाषिक पहिचान जोगाउने, लोपोन्मुख भाषाको संरक्षण गर्ने र बहुभाषावादलाई सशक्त बनाउने सन्देशका साथ देशभर सचेतनामूलक कार्यक्रम, गोष्ठी तथा सांस्कृतिक गतिविधि आयोजना गरिएका छन्।

यो दिवस मनाउने प्रस्तावलाई युनेस्कोले अनुमोदन गरेपछि विश्वका विभिन्न देशमा औपचारिक रूपमा मनाउन थालिएको हो। पछि संयुक्त राष्ट्रसंघको महासभाले सन् २००२ मा यसलाई अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको थियो।

भाषा केवल सञ्चारको माध्यम मात्र नभई संस्कृति, इतिहास र पहिचानको आधार भएकाले मातृभाषाको संरक्षणलाई सबै पक्षले प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी