मकवानपुर । इन्द्रसरोवर गाउँपालिका–२, सुकौरा बेसीस्थित कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार २०८२ फागुन ९ गते बिहान करिब ६ बजे वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल शाखा बाटोमा खसेको थियो। घटनाबारे बिहान ६ः३० बजे प्रहरीलाई खबर प्राप्त भएको थियो।
घाइतेहरूमा चालक ३८ वर्षीय विजय यादव, सवारीधनी ५० वर्षीय सन्तोष कुमार गुप्ता, उनकी ४० वर्षीया पत्नी शोभा गुप्ता र १६ वर्षीय छोरा अनमोल गुप्ता छन्। प्रहरीका अनुसार शोभा गुप्ताको कम्मर र टाउकोमा चोट लागेर अवस्था गम्भीर छ। घाइतेहरूलाई स्थानीय सहयोग र एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ।
दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




