शेयर बजार आज उच्च अङ्कले बढ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौ । तीन दिन लगातार घटेर हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१।६२ अङ्कले बढेर २६३८।६२ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेर बजार हरियाली भएको दिन होटल तथा पर्यटन समूहको शेर दुई प्रतिशत भन्दा धेरैले बढेको छ । आज साल्पा विकास बैंकको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने रिलायन्स स्पीनिङ मिल र हिमालयन पावर कम्पनीको शेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

समग्रमा बजार बढेको दिन नेपाल एसवीआइ बैंकको शेयर साढे तीन प्रतिशत भन्दा धेरैले घटेको छ । बजार बढेपनि आज कारोवार रकम भने घटेको छ । हिजो ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय २८ कम्पनीका ९३ लाख ६४ हजार ९ सय ३८ कित्ता शेयर ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६ सय १३ रुपैयाँको कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी