काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमै कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने प्रतितोला रु १३० ले बढेर रु ५ हजार ७ सय १५ पुगेको छ। मंगलबार चाँदी प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भएको थियो।
यसैगरी, बुधबार सुन प्रतिदश ग्राम रु २ लाख ६९ हजार ८ सय ९० र चाँदी प्रतिदश ग्राम रु ४ हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।





